भोजपुरमा दियोबाट आगलागी हुँदा २६ लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाका लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका-८, पोखरे वरबोटस्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार रूपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।
आगलागीबाट दुईतले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाँडावर्तन, सुनका गरगहना र नगद १५ हजार रूपैयाँसमेत नष्ट भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।  आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *