रूपन्देही प्रहरीले बरामद गर्‍यो भन्सार छलीको ५२ कार्टुन चकलेट र मिठाइ

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ठूलो परिमाणमा भन्सार छलीको चकलेट तथा मिठाइ बरामद गरेको छ।

सो कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ६ बजे ओमसतिया-४, बालापुरबाट भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरीपैठारी गरेर ल्याउँदै गरेको अवस्थामा ५२ कार्टुन चकलेट तथा मिठाइ बरामद गरेको हो।

बरामद चकलेट तथा मिठाइको मूल्य १ लाख ९० हजार ८ सय रूपैयाँ पर्ने प्रहरीले अनुमान गरेको छ।

बरामद चकलेट तथा मिठाइ आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *