कास्कीमा प्रहरीद्वारा ठूलो परिमाणमा पटका तथा आतसबाजी नष्ट

कास्की प्रहरीले विभिन्न किसिमका पटका, आतसबाजी तथा लंगुरबुर्जा (खोरखोरे) का सामाग्रीहरू नियन्त्रणमा लिएर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले समाजमा आतंक मच्चाउने, ध्वनि प्रदूषण गर्ने खालका पटका, आतसबाजीहरू नियन्त्रणमा लिएर नष्ट गरेको हो।

नियन्त्रणमा लिइएका सामग्रीमा प्यांगुइन कोब्रा (खुर्सानी बम) ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोली बम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे ८० प्याकेट, एटम बम १४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम ९८ सेट (२७४४ पिस) सानो पटका ६ वटा, ठूलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा छन् ।

साथै प्रहरीले विभिन्न स्थानबाट लंगुरबुर्जा खेलाउँदै गरेको अवस्थामा ३०५ वटा गोट्टी, बाल्टी, जग, म्याट आदि सामाग्रीसमेत नियन्त्रणमा लिई नष्ट गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *