भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि राहत सामाग्री हस्तान्तरण

संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन्।

उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउन करिव १० लाख रुपैयाँ बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख रुपैयाँ बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर