रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन्।

आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताए। हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै जनशक्तिका लागि आफू काठमाडौँ फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै उक्त परियोजना रोल्पामा सञ्चालन गर्ने बताए।

रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित भवन ५० श्यया क्षमताको छ । आजै प्रधानमन्त्री दाहालले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *