सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल एपीएफ र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल ९एसएसबी० वीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन । सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा संचालन भएको थियो ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो भने भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेका थिए । सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान बिभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ति अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमती भएको छ । यसका साथै दुबै सुरक्षा निकाय बिच निरन्तर सहकार्य, समन्वय र आपसी हितका बिषयमा समेत छलफल भएको थियो । यसअघि छैठौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *