मुगु सामूहिक हत्या प्रकरण : दुई सातापछि एक जना पक्राउ

यही कात्तिक ८ गते मगुको छायानाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटनाको दुई सातापछि एक आरोपीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो। शाही मृतक परिवारका आफन्त भएका प्रहरीले जनाएको छ।

यही कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या गरिएको थियो। हत्याको दुई दिनपछि घरभित्रै उनीहरुको शव फेला परेको थियो।

परिवारका चार जनाको हत्यामा शाहीसँगै अर्को एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान प्रहरीले गरेको छ।

तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरीमा विशेष अनुसन्धानमा दख्खल राखेका प्रहरीका अनुसन्धान अधिकृतहरू यो घटनाको अनुसन्धानमा खटिएका छन्।

यस सम्बन्धमा प्रहरीले गरेको अनुसन्धानको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *