नेपाली बजारमा अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

विश्व बजारमै दुई तथा चार पांग्रे सवारी साधनको सम्मानित उत्पादकका रूपमा परिचित टीभीएस मोटर कम्पनीले नेपाली बजारमा सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सीसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषताले सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ ।

नेपाली बजारमा सार्वजनिक यस नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखी राइड मोड्सका साथै रेस इनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्टएक्सकनेक्टको सुविधासमेत उपलब्ध छ ।

टीभीएस आपाचे आरटीआर नेपाली बजारमै सर्वाधिक सफल मोटरसाइकल ब्राण्डका रूपमा रहेको छ । नयाँ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले टीभीएसको परिधिभन्दा माथि उठेर आफ्ना उपभोक्तालाई तिनका आवश्यकताअनुसार रेसिङ परफरमेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखी नवीन उत्पादन उपलब्ध गराउने प्रतिबद्धता प्रदर्शित गरेको छ । बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रूपमा टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मुथ र आरामदायी यात्राको सुनिश्चितता दिनेछ ।

सार्वजनिक नयाँ मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड एम जे ठंगाराजनले भने, ‘नेपाल हाम्रा लागि एक प्रमुख बजारका रूपमा रहेको छ । हामीले विशेष प्राथमिकताका साथ दुई तथा तीन पांग्रेका रेञ्जहरूमार्फत उपभोक्तालाई निरन्तर खुसी प्रदान गर्दै आइरहेका छौं । २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गर्दै नेपाली राइडर्सका लागि वर्ल्ड क्लास अफरिङ प्रदान गर्ने हाम्रो उद्देश्यमा थप एक नयाँ पाइला हो । परफरमेन्स मोटरसाइकलका पारखी नेपाली उपभोक्तालाई नयाँ मोटरसाइकलले थप सन्तुष्टि प्रदान गर्दै कम्पनीप्रतिको माया तथा विश्वास बढाउन सघाउनेमा हामी विश्वस्त छौं ।’

सार्वजनिक नयाँ मोटरसाइकलका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका हेड बिजनेस-प्रिमियम बिमल सम्ब्लिले भने, ‘टीभीएस मोटर कम्पनी आफ्नो रेसिङ पेडिग्रीको चार दशकभन्दा लामो अनुभव संगालेर ट्र्याक टु रोड अवधारणाका साथ सदैव आफ्ना उपभोक्ताको आशामा सबल रहन प्रयासरत रहन्छ । नयाँ २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकलले नेपाली बजारमा नयाँ कीर्तिमान स्थापना गर्ने कुरामा हामी विश्वस्त छौं । यसमा समायोजन गरिएका नयाँ विशेषता तथा अभूतपूर्व परफर्मेन्सले मूल्यको सही प्रतिफल प्रदान गर्दै नेपाली राइडर्सका लागि उत्सुकता पस्कने छ भन्ने हाम्रो विश्वास छ । हाम्रा समस्त बिक्री तथा सेवाका टिमलाई नयाँ फ्युल इन्जेक्शन प्रविधिका बारेमा राम्रो तालिम दिइएको छ । यसले गर्दा नयाँ मोटरसाइकलले उपभोक्तालाई समग्र सन्तुष्टि र उत्साहजनक अनुभव प्रदान हनेछ ।’

टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकल आकर्षक रेस ग्राफिक्सका साथै नयाँ हेडल्याम्प्सका साथमा उपलब्ध गरिएका छन् । मोटरसाइकलमा इन्जिनको जीवन अवधिभर हरेक ड्राइभिङ अवस्थामा रमाइलो यात्राको सुनिश्चितताका लागि रेस ट्युन्ड फ्युल इन्जेक्शन आरटीएफआई प्रविधि जडान गरिएको छ ।

टीभीएस आपाचे सिरिजमा नयाँ क्रान्तिले समान शक्ति सञ्चारका साथै इन्धन मित्व्ययीता प्रदान गर्ने क्षमतमा राख्छ । त्यसैगरी सुदृढ इन्जिनले लामो आयुका साथै उत्सर्जन नियन्त्रण क्षमता पनि उपलब्ध गराउँछ । नयाँ मोटरसाइकलमा ब्युल्टइन फरस्ट इन सेग्मेन्ट जीटीटी प्रविधि, ग्लाइड थ्रो ट्राफिक जडान गरिएको छ । यसले भिडसहितको सडकमा कम गतिको राइडमा अत्यधिक स्मुथ, आरामदायी र नियन्त्रणसहितको राइड प्रदान गर्छ । सहरी सडकमा बढ्दो चापका कारण यो फिचर नेपाली उपभोक्तामाझ सान्दर्भिक हुनका साथै निकै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

साथै नयाँ मोटरसाइकलमा फेदर टप स्टार्ट, वेभ बाइट इग्निशन कि र नयाँ एयरोडायनामिक क्ल मिरर्सलगायत रोमाञ्चक फिचर्स पनि उपलब्ध रहेका छन् । त्यसैगरी नयाँ मोटरसाइकलमा थप हल्का तर सुदृढ कार्य क्षमतासहितको बुलपप एक्जस्ट पनि जडान गरिएको छ । यसले बाइकलाई थप गतिका साथै पृथक एक्जस्ट नोट दिनेछ ।

यसमा जडित अत्याधुनिक फ्युल इन्जेक्शन प्रणालीमार्फत बाइकलले १७ दशमलव ५५ पीएसको शक्ति र १४ दशमलव ७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । श्रेणीमै पहिलो पटक उपलब्ध गरिएको थ्री राइड मोड (अर्बन, रेन र स्पोर्ट्स मोड) मार्फत राइडरले मौसमको अवस्था र बाटो हेरी अनुकुल इन्जिन परफर्मेन्स तथा एबीएस प्रतिक्रियाको छनोट गर्न सक्छन् ।

आरटीआर ओभरस्क्वायर इन्जिनद्वारा सञ्चारित टीभीएस आपाचे आरटीआर फाइभ स्पिड गियरबक्सका साथमा जडित १६० फोरभी एफआई फ्य्ल इन्जेक्टेड १५९.७ सीसी सिंगल सिलिन्डर फोर भल्भ एसओएचसी आयल कुल्ड मोटरले १७.५५ पीएसको अधिकतम शक्ति ९ हजार २ सय ५० आरपीएममा र १४.७३ एनएम पिक टर्क, ७ हजार २ सय ५० आरपीएममा उत्पादन गर्ने क्षमता राख्छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रूचाइएको टु-ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *