रसुवामा लडेर विदेशी पर्यटकको मृत्यु

रसुवामा लडेर एक विदेशी पर्यटकको मृत्यु भएको छ। रसुवाको गोसाइँकण्ड गाउँपालिका-४, लाङटाङमा ट्रेकिङ गएका फ्रान्सेली नागरिक ६८ वर्षीय पैट्रिक जीन मारी मौलिनको लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो सवा १२ बजे लाङटाङ हुँदै केन्जिङतर्फ जाँदै गर्दा उनी थुम्लाङमा चिप्लिएर बाटोबाट ३५-४० मिटर तल खसेर घाइते भएका थिए।

उनलाई थप उपचारका लागि काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पताल ल्याइएकामा दिउँसो २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

उनको शव अहिले ह्याम्स अस्पतालमै रहेको र मुचुल्का कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *