इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रूपैयाँ बूढीगण्डकी जलविद्युतलाई

सरकारले इन्धनमा लगाउँदै आएको १० रूपैयाँ पूर्वाधार शुल्कमध्ये ५ रूपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *