कोशी प्रदेश : पहिलो पटक ‘मुख्यमन्त्रीसँग प्रश्नोत्तर’ हुँदै

कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्।

प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए।

कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।

यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिनापछि बुधबार संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको थियो। ​प्रदेशसभामा सात वटा संसदीय समिति छन् ती समितिका सभापतिको विषयमा भने दलहरूबीच भागबण्डा मिलेको छैन ।

कोशीमा  सभामुख पद पनि रिक्त छ। सभामुखको निर्वाचन छठपछि हुने जानकारी उपसभामुख सिर्जना दनुवारले दिएकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *