प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आईपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ जुङजेङ र बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । बिहीबार बिहान प्रधानमन्त्री भेट्न जुङजेङ आफनो भ्रम्ण दलका प्रतिनिधि बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
उनीहरु बीच झण्डै पौने घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जुङजेङ नेतृत्वको चिनियाँ टोलीको भ्रमणले चीनको नेपाललाई हेर्ने नीतिमा परिवर्तनको आशङ्का उब्जाएको पूर्वकूटनीतिज्ञले बताएका छन्।

पाँच दिनका लागि आएका वाङको भ्रमण गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति अघि बढाउनेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

“दुई देशबीचको सम्बन्धलाई विश्वास र सहकार्य बढ्ने गरी अघि बढाउने र प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा भएका सहमतिलाई कार्यान्वयनमा लैजानेबारे उहाँहरुका बीचको भेटमा छलफल केन्द्रीत भएको थियो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति कार्यान्वयनको पाटो हेर्न यसअघि चीनले बेइजिङकै अधिकारीहरू खटाउने गरेकोमा यो पटक तिब्बत हेर्ने पार्टी सचिवलाई पठाएकोले पनि चीनले नेपाललाई प्राथमिकताको सूचीमा राखेको बताईएको छ ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरुसँगसँग भेट गर्ने कार्यतालिका लिएर नेपाल आएका वाङले काठमाडौं आइपुगे लगत्तै उपराष्ट्रपति रामसहाय यादवसँग बुधवारै भेट गरेका छन्।

जुङजेङ टोली प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ राजदूतावास फर्केको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर