पर्यटन मन्त्रालय मातहतका निकायबाट भूकम्पपीडितलाई चार करोड रूपैयाँ बढी सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रूपैयाँ रकम जम्मा गरेको हो ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

सहयोग रकम जम्मा गर्नेहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरण एक करोड रूपैयाँ, नेपाल वायुसेवा निगम पच्चीस लाख रूपैयाँ, पर्यटन बोर्ड ५० लाख रूपैयाँ, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११ रूपैयाँ, नेपाल पर्वतारोहण सङ्घ एकतीस लाख ११ हजार एक सय ११ रूपैयाँ, एयर डाइनेष्टिी हेलिकप्टर एघार लाख एघार हजार एक सय ११ रूपैयाँ, कैलाश हेलिकप्टर दश लाख रूपैयाँ रहेका छन् ।

त्यस्तै क्यासिनो मोजाङ पाँच लाख रूपैयाँ, क्यासिनो मोजाङ नेपालगञ्ज पाँच लाख रूपैयाँ, डेल्टिन क्यासिनो काठमाडौँ पाँच लाख रूपैयाँ, क्यासिनो वेलिज काठमाडौँ पाँच लाख रूपैयाँ, क्यासिनो प्राइड काठमाडौँ पाँच लाख रूपैयाँ, क्यासिनो प्यालेस काठमाडौँ पाँच लाख रूपैयाँ, क्यासिनो प्यालेस झापाले पाँच लाख रूपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *