काठमाडौं महानगरले छाडा चौपायालाई ‘काञ्जी हाउस’मा राख्ने

काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (छाडा चौपाया) लाई काञ्जी हाउसमा राख्ने भएको छ। महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राख्ने महानगरका मेयर बालेन साहले जानकारी दिएका छन्। उक्त कार्य भोलिदेखि सुरु हुने उनकाे भनाइ छ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि उनले बताए। दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *