माओवादीले भूकम्प पीडितलाई दियो ५० लाख
२१ कार्तिक २०८० १६:१७
प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।
पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको माओवादी नेताहरूको टोलीले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरि मंगलबार ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।
शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि उपाध्यक्ष भुसाल लगायतका नेताहरुले सो सहयोग गरेका छन् ।
प्रतिक्रिया