भूकम्पपीडितको राहतका लागि कांग्रेसले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५० लाखको चेक

नेपाली कांग्रेसले भूकम्पबाट पीडितहरूको उद्धार एवं राहतका प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

पार्टीका सभापति देउवा लगायतका नेता वालुवाटार पुगेर ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । उक्त भूकम्पपछि बसेको पार्टीको बैठकले सो रकम भूकम्पपीडितका लागि दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *