प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन्।

मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठकमा बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *