भूकम्पपीडितलाई एनएमबी बैंकको ५० लाख रूपैयाँ सहयोग
२० कार्तिक २०८० १९:३२
एनएमबी बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रूपैयाँ नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।
कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले जाजरकोट, रूकुम पश्चिमलगायत आसपासको क्षेत्रमा भएको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया