
गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख रूपैयाँ दिने


ललितपुरको गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख रूपैयाँ दिने निर्णय गरेको छ।
नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेका भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट २५ लाख रूपैयाँ सहयोग गरेको जानकारी दिए।
भूकम्पपछि जाजरकोट र रूकुम पश्चिमलगायतका प्रभावित क्षेत्रमा ठूलो संख्या मानवीय क्षति, भौतिक क्षति तथा सयौं संख्यामा घाइते भएकोप्रति दुःख प्रकट गर्दै उनले भने, ‘विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ।’
प्रतिक्रिया