भूकम्पपीडितलाई भारतले पठायो राहत
भारत सरकारले नेपालका भूकम्पपीडितलाई पहिलो चरणमा भारू १० करोड (नेपाली १६ करोड रूपैयाँ) बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।
भारतीय वायुसेनाको विशेष विमान सी-१३० ले राहत सामग्रीको पहिलो खेप आइतबार दिउँसो नेपालगञ्ज विमानस्थलमा लिएर आएको हो ।
११ टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्वप्रतिबद्धताअनुसार राहत सामग्री नेपाल आएको होे ।
भारतले पठाएका राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन् ।
राहत सामग्रीका थप खेप पनि उलब्ध गराइने र घनिष्ट मित्र तथा छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरूलाई हरसम्भव सहयोग गरिने भारतले जनाएको छ ।
२०७२ सालको भूकम्पपछि पनि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरूमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेसन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य सञ्चालन गरेको थियो ।
भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रूपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो, जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५० अजनर घरहरूको पुनर्निर्माण कार्य समावेश थियो ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रूकुम पश्चिमसहित पश्चिम नेपालका जिल्ला प्रभावित भएका छन् ।
हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा धेरै घाइते छन् । करौडौंको भौतिक क्षति भएको छ ।
भारतले जाजरकाेट लगायत कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि पहिलाे खेपकाे राहत सामग्री उपलब्ध गराएकाे छ। भारतीय वायुसेनाको विशेष विमान राहत सामाग्री बाेकेर आइतबार नेपालगंज विमानस्थलमा अवतरण गरेको हाे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राहत सामग्री उपप्रधानमन्त्री… pic.twitter.com/2Dpk2N8fc4— pardafas.com (@EPARDAFAS) November 5, 2023
प्रतिक्रिया