
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडितलाई दिने


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्पपीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । उनले आफ्नो एक महिनाको तलबबापतको रकम राहत कोषमा जम्मा गर्ने भएका हुन् ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नंं १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेको तिमिल्सिनाले गरेको उनका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
प्रतिक्रिया