भूकम्प प्रभावितका लागि कोशी सरकारले १ करोड रूपैयाँसहित राहत सामग्री दिने
१८ कार्तिक २०८० १८:०२
कोशी प्रदेश सरकाले जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि १ करोड रूपैयाँ पठाउने भएको छ । यसैगरी सरकारले पीडितका लागि आवश्यक राहत सामग्री पनि पठाउने जनाएको छ ।
कोशी प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भूकम्पपीडितका लागि १ करोड रूपैयाँका साथै त्रिपाल, कम्बल र म्याट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले बताए ।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परेर पीडित भएकाहरूका लागि तीन प्रकारका सामग्री उपलब्ध गराउने निर्णय भएको सरकारले जनाएको छ ।
भूकम्पपीडितहरूको सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रूपैयाँ तथा पीडितहरूका लागि १ हजार थान कम्बल, १ हजार त्रिपाल र १ हजार म्याट्रेस पठाउने कोशी प्रदेश सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया