कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्रीले बुझाए राजीनामा

कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन्। उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन्।

एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले सरकारमा केन्द्रको सत्तागठबन्धनलाई प्रवेश गराएसँगै एमाले बाहिरिएकाे हाे।  मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए।

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो। राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन।

एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार नै सत्ताबाट बाहिरिने बताएका थिए। एमालेले केन्द्रको जस्तै प्रदेशमा गठबन्धनमा संलग्न नहुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *