प्रधानमन्त्री जाजरकोटमा, प्रमुख जिल्ला अधिकारीसँग विवरण लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट पुगेका छन् । शुक्रवार मध्यरातमा पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पले ठूलो मानविय र धनजनको क्षति पुगेपछि प्रधानमन्त्री बिहानै स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रको स्थलगत अध्ययनका लागि हिडेका थिए ।

उनलजे जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीसग त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मेरोन्यूजलाई जानकारी दिए । जाजरकोटमा अहिलेसम्म भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । यो संख्या अझ बढन् देखिएको छ ।

प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको विवरण बुझेपछि प्रधानमन्त्री अहिले स्थलगत अध्ययनका लागि जाने तयारीमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *