प्रक्रियागत ढिलाइले विकास आयोजनाहरू समयमा सम्पन्न गर्न कठिन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले प्रक्रियागत ढिलाइले विकासका आयोजनाहरू समयमा सम्पन्न गर्न कठिन भएको बताएका छन् ।

शुक्रबार रक्षा मन्त्रालयलको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले नियम-कानुनको पालना नगरी प्रक्रियाबाट बाहिर जान नमिल्ने भन्दै प्रक्रियागत ढिलाइले विकासका आयोजनाहरू समयमा सम्पन्न गर्न कठिनाइ रहेको बताए ।

उनले भने, ‘जे काममा पनि प्रक्रियागत ढिलाइ हुन्छ । प्रक्रियाबाट हामी बाहिर जानै सक्दैनौं । बाहिर गयो भने मुद्दामामिला हुन्छ । नेपाली सेनाले नियम-कानुनको राम्रोसँग पालना गर्नुपर्छ त्यहाँ गएर जबर्जस्ती गर्न पाइँदैन । यस्ता कुराले विकास र छिटो गर्नुपर्ने आयोजनालाई असर पुगिरहेको छ ।’

प्रधानसेनापति शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर