सप्तकोशीमा सशस्त्र प्रहरीले विपद् उद्धार अभ्यासमा प्रयोग गरेको मोटरबोट दुर्घटना, १० घाइते

सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुनसरीको चतरा पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमका क्रममा प्रयोग गरिएको मोटरबोट दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी बलले परीक्षण गर्ने क्रममा कार्यक्रममा सहभागी सञ्चारकर्मी र आगन्तुकहरू दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा सञ्चारकर्मीहरू शम्भु पोखरेल, महाप्रसाद खतिवडा, कुमुद अधिकारीलगायत घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कोशी नदीमा डुबेका उनीहरूको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *