७६ प्रतिशतले घट्यो नेपाल बैंकको नाफा

नेपाल बैंक लिमिटेडको नाफा ७६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाख रूपैयाँमा खुम्चिएको हो । गत वर्ष यही अवधिमा बैंकले ६० करोड ४० लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि बैंकको ‘लोन लस प्रोभिजन’ उच्च दरले बढ्दा बैंकको नाफामा ठूलो मात्रामा गिरावट आएको हो ।

बैंकले समयमै कर्जा रकम उठाउन नसक्दा नियामकीय प्रावधानअनुसार ठूलो रकम ‘इम्पेरिमेन्ट चार्ज’ गर्नुपरेपछि नाफामा भारी गिरावट आएको हो । बैंकले गत वर्षको यस अवधिमा २१ करोड रूपैयाँ प्रोभिजन गरेकोमा अहिले १ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ ।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी भने २ अर्ब २१ करोड रूपैयाँ छ । गत वर्षको यो अवधिमा १ अर्ब ९० करोड खुद ब्याज आम्दानी भएको थियो । बैंकको वितरणयोग्य नाफा ६९ करोड रूपैयाँ ऋणात्मक देखिएको छ । बैंकको नउठेको सावाँ तथा ब्याज रकम (निष्क्रिय कर्जा) पनि बढ्दो छ ।

गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा २.३६ प्रतिशत रहेकोमा यो त्रैमासमा ३.८४ प्रतिशत पुगेको छ । थप कर्जा प्रवाहका लागि बैंक सहज स्थितिमा छ । ९० प्रतिशतसम्म सीमा रहेको सीडी रेसियो यो बैंकको जम्मा ७३.८६ प्रतिशत छ ।

बैंकको आधार दर बढ्दै गएको छ । यस्तो आधार दर पहिले ८.९२ प्रतिशत रहेकोमा अहिले ९.१९ प्रतिशत पुगेको छ । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ३.९ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी जम्मा ३ रूपैयाँ ८८ पैसा छ । गत वर्ष यस्तो आम्दानी १६.७७ प्रतिशत थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर