रिगललाई अदालतमा उपस्थित गराइयो

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै पक्राउ परेका रिगल भनिने योगराज ढकाललाई आज अदालतमा उपस्थित गराएको छ। हिजाे नेपालगन्जबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अदालतमा बुझाएको हो ।

शुक्रवार कार्यालय समयमै जिल्ला अदालतमा बुझाउँने र त्यसपछि अदालतको निर्णयका आधारमा कारबाही अघि बढ्ने बाँके प्रहरीले जनाएको छ।

यसअघि जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो।

आदेश लगत्तै रिगललाई पक्राउ गरिएको थियो। नेपालगन्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो ।

अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर