घाइतेहरुहरुकालागि स्याहार केन्द्र निर्माण हुने

लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुकालागि स्याहार केन्द्र निर्माण भएको छ । त्यसकालागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए  ।

उनका अनुसार राप्ती गाउँपालिकाका बिभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ।“ जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुकालागि स्याहार केन्द्र स्थापनाकालागि हामीले जग्गा खोज्ने काम गरिरहेका छौं,राजधानी क्षेत्रको राप्ती गाउँपालिकाका बिभिन्न ठाउँमा जग्गाको अवलोकन गरेका छौं”,“जग्गा प्राप्तीसंगै प्रक्रिया अघि बढ्छ ।”

स्याहार केन्द्र स्थापनाकालागि २० विघा जति जग्गा चाहिने उहाँले बताए । घाइते परिवारलाई जीवन यापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार पनि गर्ने र आयआर्जनमा पनि जोड्ने गरि स्याहार केन्द्र निर्माण गर्न लागिएको मन्त्री मास्कीको भनाई छ ।

त्यसकालागि प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई करोड बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *