आयुर्वेद उपचार पद्धतिलाई अघि बढाउन नेपाल र भारतले सहकार्य गर्नुपर्ने

परम्परागत उपचार पद्धति आयुर्वेदको प्रवर्द्धनका लागि ज्ञान, सीप, विशेषज्ञता आदानप्रदान गरी नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । आठौँ आयुर्वेद दिवसका अवसरमा भारतीय राजदूतावासले बिहीवार आयोजना गरेको छलफल कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यलाई निरन्तरता दिन छलफल गरिएको बताए। ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न लागिएको सो अवसरमा जानकारी गराइएको हो ।

नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि काम गरिरहेको जानकारी गराए । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताउनुभयो ।

भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर