प्रहरीसँगै रहेका छिरिङ एक सातादेखि बेपत्ता

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ का छिरिङ तामाङ एक सातादेखि बेपत्ता भएका छन् । गाउँमा भएको कुटपिटको विषयमा प्रहरी चौकी थुमनमा छलफल गराउँदा कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालय धुन्चेमा सोधपुछका लागि लैजाँदै गर्दा बाटोमै बेपत्ता भएका हुन् । गएको कार्तिक ८ गते साँझ सदरमुकाम धुन्चे ल्याइदै गर्दा तामाङ बाटोबाटै बेपत्ता भएका हुन् ।

यस सम्बन्धमा रसुवाका प्रहरी प्रमुख डीएसपी सुवास बुढाथोकीले छिरिङ प्रहरीको नियन्त्रणमा नरहेको र छिरिङकै गाउँले दावा तामाङसँग मोटरसाइकलमा जाँदा उल्टै धक्का दिएर भीरबाट लडेर खोलामा हाम फालेर बेपत्ता भएको बताएका छन् । प्रहरीका अनुसार अहिले उनको शसस्त्र प्रहरीको खोताखोर टोली र नेपाल प्रहरीले खोजी कार्य गरिरहेको बुढाथोकीले बताए ।

दावा तामाङलाई भने नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ । छिरिङको घटनामा कुनै संलग्नता नरहँदा पनि स्थानीय जनप्रतिनिधि समेतको दबाबमा उनलाई पक्राउ गरिएको आरोप लगाइएको छ ।

बेपत्ता छिरिङका परिवारले भने प्रहरीकै मिलेमतोमा छिरिङलाई बेपत्ता पारिएको भन्दै तत्काल उनको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । यसै बीच राजनीतिक दबाबमा पक्राउ गर्नु गम्भीर बिषय भएको भन्दै तत्काल उनको अवस्था सार्वजनिक गरी दोषी उपर सबैलाई कारबाही गर्न नेपाली कांग्रेस रसुवाले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर