संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले चालु बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसैबीच संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ।

सरकारले संसदको चालू अधिवेशन अन्त्यको सिफारिस गरेकोले आजको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्न लागेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

प्रतिनिधिसभा बैठकमा आजै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गर्ने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *