मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ।

सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने व्यवस्था छ।

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *