संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
१६ कार्तिक २०८० ९:११
संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने, शीर्ष नेताहरुले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यता राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ ।
साथै, बिधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सम्बन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया