त्रिविका उपकुलपति बाँस्कोटाको चारवर्षे कार्यकाल पूरा, शैक्षिक सुधारमा महत्त्वपूर्ण काम गरेको दाबी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपकुलपति डाक्टर बाँस्कोटाले चारवर्षे कार्यकाल पूरा गरेर घर फर्किँदै गर्दा आफूले ‘१५ सूत्रीय त्रिवि सुधार योजना’ अघि सारी योजनाबद्ध तरिकाले कार्यसम्पादन गरेको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा प्रशासनिक सुशासन, शैक्षिक सुशासनमा जोड दिएको बताएका छन् ।

त्यस्तै उनले आफ्नो चारवर्षे कार्यकालमा विद्यार्थी वर्गलाई कलेजमा खेलकुदको व्यवस्था गरिएको, उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भएको, परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण गरिएको र निश्चित शैक्षिक पात्रोको व्यवस्था र त्यसको पालना गरिएको र अनुसन्धानलाई प्राथमिकता दिएको जिकिर गरेका छन् ।

त्यस्तै उनले शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी अधिकारसम्पन्न बनाउनुपर्ने, विश्वविद्यालयलाई द्रुततर सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने लगायतका विभिन्न सुझावहरू दिएका छन् ।

२०७६ साल कार्तिक १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपति पदमा नियुक्त गरेका थिए । उनी उपकुलपति नियुक्त भएको बिहिबार चारवर्ष पूरा हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *