पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ : अध्यक्ष ओली
१५ कार्तिक २०८० १८:१८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनुपर्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उनले सर्वोच्च अदालतको आदेशलाई पनि मानेर संक्रमणकालीन न्यायलाई सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनुपर्ने बताएका हुन् ।
उनले भने,‘यो राम्रैसँग सहमतिका साथ टुंग्याउनुपर्छ । पीडितकेन्द्रित भएर टुंग्याउनुपर्छ । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनुपर्छ । त्यो त हाम्रो छँदै छ नि, अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरूमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया