शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणमा शान्ति प्रक्रियाको विषयमा विभाजित धारणा देखाइनु दुर्भाग्य भएको बताएका छन् ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महासचिवले नेपालको शान्ति प्रक्रियाको बारेमा राम्रो धारणा राखे तापनि नेपालकै नेताहरूले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

‘नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन उहाँको पूरै सहयोग रहन्छ भन्नेमा म विश्वस्त छु । मेरो निमन्त्रणामा आउनुभयो, भ्रमण सफल भयो गर्वको कुरा हो यो,’ उनले भने, ‘नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघका महासचिवको यति राम्रो धारणा छ । तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो त्यो भने दुर्भाग्यपूर्ण छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *