एनआरएनएका अध्यक्ष बद्री केसी र एमाले नेता महेश बस्नेतविरूद्ध प्रहरीमा उजुरी
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी र नेकपा (एमाले) का नेता महेश बस्नेतविरूद्ध प्रहरीमा उजुरी परेको छ।
मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएपछि अभियन्त्रता तथा पत्रकार ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्।
एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार र ओम शर्मामाथि कुटपिट गरेका थिए।
संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जनाएको छ।
यस्तै कुटपिटमा परेका ओम शर्मा हाल उपचाररत छन्।
एनआरएनएको हालै सम्पन्न महाधिवेशनको विवाद जारी छ।
महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति गठन गरेका छन्। उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ई-भोटिङमा धाँधली गरिएको बताउँदै आएका छन्।
प्रतिक्रिया