पूर्वाधार विकास समितिद्वारा ग्वार्को फ्लाई ओभरको अनुगमन

पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभरको अनुगमण गरेको छ ।

सोमबार समितिले काठमाडौं उपत्यकाको चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा निर्माण सुरु गरिएको फ्लाई ओभरको अनुगमन गरेको हो ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले निर्माणको काममा ढिलाइ भएको महसुस गरेको बताए । पहिलो पटक नेपाली कम्पनीले निर्माणको जिम्मा पाए पनि सरकारले विस्तृतमा नहेरी काम सुरू गरिएकाले समयमा सम्पन्न नहुने अवस्था देखिएको उनको भनाइ छ ।

उनले भने, ‘काम चाहिँ अलि ढिला नै महसुुस गरेका छौं । डिजाइन स्वयम् कन्ट्रयाक्टरले नै गर्ने रहेछ तलतिर दलदल भएकाले काम ज्यादा भयो । यसरी पहिलो पटक नेपाली कम्पनीले कामको जिम्मा पाउँदा सरकारले पनि यसमा विस्तारमा नहेरी काम सुरू भएकाले समयमा काम होला जस्तो मलाई लाग्दैन ।’

उनले ग्वार्को एक ठाउँमा जाम हुँदा सबै ठाउँमा जामको समस्या हुने भएकाले ठेकेदार पक्ष र नेपाल सरकारलाई चाँडो काम सम्पन्न गर्न समितिले दबाव दिने बताए ।

समितिले आजै कलंकी सडकको समेत अनुगमन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर