पत्रकार सम्मेलनमै बेहोश भइन् रिगलको आममाफीविरूद्ध अनशनरत भारती
१३ कार्तिक २०८० १६:५५
रिगल ढकालको आममाफीविरूद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोश भएकी छिन् ।
आज आममाफीको विरूद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोश भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।
रिगलको आममाफीविरूद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
प्रतिक्रिया