शौचालयबाट फरार कैदीलाई प्रहरीले दुई घण्टामै समात्यो

घोराही । चोरी अभियोगमा पक्राउ परेर फरार भएका कैदीलाई प्रहरीले समातेको छ ।

घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका विवेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाचका लागि प्रहरीले ल्याएको बेला कैदी शौच गर्न शौचालय जाने भनेपछि प्रहरीले हत्कडि खोलेका वेला उनी फरार भएका थिए ।

मोबाइल चोरेको आरोपमा तीन दिन अघि दाङ घोराहीका विवेक नेपाली लाई प्रहरीले पक्राउ गरेको थियो ।

शौचालय जान्छु भनेका नेपाली भागेपछि खोजी कार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर