जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।बैठक दिउसो २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समेत समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *