प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
१२ कार्तिक २०८० ८:१२
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेकाे हाे ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने तालिका छ।
प्रतिक्रिया