गाजा क्षेत्रमा युद्ध राेक्ने प्रस्ताव राष्ट्रसंघमा भारी मतले पारित, नेपालद्वारा पक्षमा मतदान

काठमाडाैं। संयुक्त राष्ट्र संघको महासभाले इजरायल र प्यालेस्टिनी सशस्त्र समूह हमासबीच तत्काल मानवीय युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा भारी मत दिएको छ। १ सय ९३ सदस्यीय महासभामा यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए ।

भारतसहित ४५ देशले मतदान गरेनन्। इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए। उनले भने, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ । यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो र यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ,’ उनले भने ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ। स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ। करिब २३ लाख मानिस सम्पर्कविच्छेद भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *