केपी ओलीविरुद्ध भ्रम छर्न राजावादीहरू लागिपरेका छन् : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध राजावादीहरू भ्रम छर्न लागिपरेको टिप्पणी गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमा लेखेर पोखरेलले पहिले माओवादीले गरेजस्तै राजावादीले ओलीविरुद्ध भ्रम छर्न लागिपरेको बताएका हुन्। उनले सुशासन र विकासको मामिलामा सबैभन्दा योग्य देखिएको व्यक्ति (ओली) माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार भएको तर्क गरेका छन्।

‘नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो’, उनले लेखेका छन्, ‘भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ।’

महासचिव पोखरेलले वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार भ्रम सिर्जना गर्नु भएकाले सचेत रहन आग्रह गरेका छन्।

उनले पहिले माओवादीहरूले जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गरेको उल्लेख गरेका छन्। अहिले राजावादीले त्यही पथ पछ्याउँदै कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *