सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा : काठमाडौंका यि रुटमा तीन दिनसम्म चल्ने
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विजया दशमीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा आएको छ ।
दशैंको बेला आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी (टीका)को दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार एउटा बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भु हलचोकदेखि बनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुदैँ हलचोकसम्म र अर्को बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भु हलचोकदेखि स्वयम्भु चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, , बनस्थली हुदैँ हलचोकसम्म सञ्चालनमा रहेको जाइएकाे छ ।
प्रतिक्रिया