सामान्य बन्दै उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य

काठमाडौं- पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङुमा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आइसियुबाट जनरल वार्डको क्याबिनमा सरेका छन् । चिकित्सकको सल्लाहअनुसार उनले आज सामान्य हिड्डुल समेत गरेका छन् । सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय बिभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका छन् ।

वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाक्क जानकारी लिएका थिए । त्यसक्रममा उनले पेकिंङ अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा कुनै कमि नगर्न अस्पताललाई निर्देशन दिइएको समेत जानकारी दिए । बेइजिङ बाहिर रहेका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल पुगेका थिए । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पनि फुलको गुच्चा पठाउदै प्रतिनिधिमार्फत श्रेष्ठको सुस्वास्थको कामना गरेका छन् ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन ९बीआरएफ०ुमा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। श्रेष्ठलाई ुएक्युट मायोकार्डियल इन्फेक्शनु भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ुओब्टस मार्जिनल शाखाुमा अवरोध देखिएको अस्पतालले जनाएको थियो। उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ुस्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ुस्टेन्टु राखिएको समेत अस्पतालले जनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *