इजरायलमा ज्यान गुमाएका १० मध्ये ४ नेपालीको शव भाेलि काठमाडौं आइपुग्ने

काठमाडाैं- इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने भएको छ। इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार जना नेपालीको शव आइतबार काठमाडौं पुग्ने जानकारी दिएको हो।

‘हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसो १:२५ बजे फ्लाई दुबईको उडानबाट नेपाल पठाइँदैछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फ्लाई दुबईकै उडानबाट काठमाडौंसम्म ती शव पुर्‍याइने व्यवस्था मिलाइएको दूताबासले जानकारी दिएको छ।

फ्लाइट डिटेलअनुसार कात्तिक ५ गते आइतबार बिहान काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ। अन्य शवको पनि पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ।

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *