गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आइसियूबाट जनरल वार्डमा सारियो

काठमाडौँ- चीन भ्रमणमा रहँदा बिरामी परेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधार भएपछि आइसियुबाट जनरल वार्डमा सारिएको छ।

बेइजिङमा रहेका बेला हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा सारिएको हो।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठको सचिवालयले जनाएको छ। बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *