कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान गर्ने

काठमाडौँ- सत्ता रुढ दल नेपाली कांग्रेसले २०३३ सालदेखि हरेक कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कार्यक्रम यो पटक पनि गर्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्ने जानकारी दिए । दिन अपरान्ह १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान आयोजना गर्दै आएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेबक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेशागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न संञ्चार माध्यमका प्रमुखहरू, पत्रकारहरू, गैर–आवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरूलगायतलाई कांग्रेसले आमन्त्रण गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *